'झाडा पखालाबाट कपिलवस्तुमा दुईजनाको मृत्यु'

४ वर्ष अगाडि

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोपबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर-९ बहादुरगन्जका ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका स्थानीय मनिष गुप्ताले बताए । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएका छन् ।

वडामा प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको छ । शिवराज अस्पतालमा ४० जना बिरामी भर्ना भएका अस्पतालका चिकित्सक डा. मुकेश चौधरीले बताए ।

समुदायमा कति बिरामी छन् भन्ने तथ्याङ्क हालसम्म आउन सकेको छैन । समुदायमा रहेका निजी क्लिनिक र स्वास्थ्य चौकीमा समेत बिरामीकाे चाप छ । नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए ।

प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित