'राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज'

४ वर्ष अगाडि

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । राष्ट्रपति कार्यालयले सोमबार राति एक विज्ञप्तिमार्फत सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गरेको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–०६–११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ’, ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

जेनजी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना धनकुटाबाट पक्राउ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

सेयर बजार घट्ने क्रम रोकियो