'प्याब्सन सैनामैनाको अध्यक्षमा धर्मराज घिमिरे सर्वसम्मत चयन'

४ वर्ष अगाडि

सैनामैना । प्याव्सन सैनामैनाको अध्यक्षमा श्री बुद्ध इङलिस स्कुलका प्राचार्य धर्मराज घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । प्यावसन सैनामैनाको आज सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले नया नेतृत्व चयन गरेको हो । जसको सचिवमा टोपलाल भट्टराई, कोषाध्यक्षमा सागर केसी तथा सदस्यहरुमा शुसिला शर्मा र मेघराज अर्याल निर्विरोध चयन हुनुभएको हो ।

तेस्रो साधारणसभा तथा दोस्रो अघिवेशन कार्यक्रमको पहिलो सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले सरकारले सामुदायिक र संस्थागत बिद्यालयको बिचमा असमान नितिहरु अबलम्बन गरेको भन्दै आलोचना गर्नुभयो । तेस्तै उहाँले कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चपेटामा परेका विद्यालयहरुलाइ सहजताका साथ सरकार र सङ्गठनको निर्देशन अनुसार अगाडी बढ्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद शर्मा, प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा, प्याब्सन रुपन्देही उपाध्यक्ष एकनारायण काफ्ले, रुपन्देही सचिव लक्ष्मण ज्ञवाली र सैनामैना अभिभावक सघका अध्यक्ष बिष्णु पाण्डेले लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम प्याब्सन सैनामैनाका अध्यक्ष भिजराज पौडेलको अध्यक्षता, प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रम प्याब्सन सैनामैनाका कोषाध्यक्ष टोपलाल भट्टराईको स्वागत तथा सचिव धर्मराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

जेनजी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना धनकुटाबाट पक्राउ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

सेयर बजार घट्ने क्रम रोकियो