'सभामुखद्धारा पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत'

४ वर्ष अगाडि

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा सत्ता पक्षको ‘गोटी’ बनेका छन् । आज बसेको प्रतिनीधिसभाको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बैठक संचालन गरेका छन् । नारावाजीका बीच बैठक सुचारु गरेका सभामुखले माननीय प्रेम सुवालले पेश नै गर्न नपाएको प्रस्तावलाई  निर्णयार्थ स्विकृत मात्र गर्नसमेत भ्याएका छन् । संसदको मर्यादा कायम नभएको कुरा उठिरहेका बेला सभामुख सापकोटाले पेश नै नभएको प्रस्तावलाई निर्णयार्थ पेश गरेर संसदको भद्दा मजाक प्रस्तु गरेका छन् ।

सभामुखले आर्थिक अध्यादेश अश्वीकार गर्ने प्रस्ताव पेस गर्न सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएपनि सुवालले प्रतिपक्षको नारावाजीका बीच आफ्नो कुरा नसुनिने भन्दै रोष्टमबाट बोल्न पाउँ भनी आग्रह गर्नुभएको थियो ।  ।
त्यसक्रममा केहीबेर सभामुख र सुवालबीच सवालफजवाफ चलेको थियो ।   सुवालले आफूले आफ्नो प्रस्ताव नै पेस नगरेको भन्दै त्यसलाई अश्वीकृत गर्ने प्रक्रिया कसरी अघि बढ्यो भन्दै आपत्ति जनाउनुभयो ।

तर, सभामुखले सुवालले प्रस्ताव फिर्ता लिन नचाहेको भन्दै पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका हुन् र । नारावाजी चलिरहेका बेला सभामुखले बहुमतले उक्त प्रस्ताव अश्वीकृत भएको घोषणा गरे ।
सभामुख अग्नीप्रसाद सापकोटा एमाले विभाजन गर्ने काममा सत्ता पक्षको गोटी कबनेका थिए । उनले एमालेले कार्वाही गरेका १४ जना सांसदको पत्र टाँस नै नगरी झुलाएर हप्तौ राखेका थिए । सभामुख अग्नीप्रसाद सापकोटाले एमाले विभाजनका लागि सत्ता साझेदारदलसँग गरेको मिलोमतोका विषयमा एमालेले निरन्तर संसदमा आवाज उठाइरहेको छ । सभामुख अग्नीप्रसाद सापकोटा भने विपक्षीको कुरा सुननुको साटो झन्झन् अनुदार र सत्ता पक्षको ‘गोटी’ बनेको चर्चा छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित