'एनआरएनए रोमानियाको महाधिवेशन सम्पन्न'

५ वर्ष अगाडि

रोमानिया । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशन आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ । महाधिवेशनले खगेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति २०२१–२०२३ सर्वसम्मत रुपमा चयन गरेको हो । कार्य समितिको बरिष्ठ उपाध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पा, उपाध्यक्ष गोपाल खड्का, महासचिव फुर्साङ लामा, सचिव प्रकाश चन्द, कोषाध्यक्ष बिजय कुँवर, सह–कोषाध्यक्ष सन्दिप शाह, युवा प्रतिनिधि सबिन आचार्य, महिला प्रतिनिधि शोभा मानन्धर निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अनिल खनाल, अनु खड्का, डिकेश मगर, ईशा श्रेष्ठ, सहिल हुसेन, नबिन कुमार नगरकोटी, गोमा थापा, आड्रीआन श्रेष्ठ, पदम श्रेष्ठ, बिष्णुराज पाण्डे, रमेश ढकाल, जेनी गुरुङ, जाङ्बो शेर्पा, सुमी शेर्पा र सचेन्द्र कार्की निर्वाचित हुनुभएको छ ।

गैर–आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका सह संयोजक शुक्रराज न्यौपानेको पहलमा महाधिबेशन सम्पन्न भएको थियो ।

राष्ट्रिय महाधिवेशनले एन.आर.एन.ए. रोमानियाका संस्थापक अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई प्रमुख संरक्षकमा र पूर्ब अध्यक्ष आलोक साहलाई संरक्षकमा चयन गरेको छ भने सुरेन्द्र गौतमलाई आईसीसी सदस्यमा र डा.अमित रिजाललाई सल्लाहकार पद तथा प्रवक्ताको रुपमा युवराज लामिछाने ‘प्रदीप’ लाई  चयन गरेको छ ।

अधिवेशन रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको अध्यक्षतामा बुखारेस्ट स्थित नेपाली एभरेष्ट रेष्टुरेण्टमा सम्पन्न भएको थियो । समारोहको अन्त्यमा रेष्टुरेण्टका सञ्चालक तथा निर्बिरोध चयन हुनु भएका आईसीसी सदस्य सुरेन्द्र गौतमले एभरेष्ट रेष्टुरेण्टका तर्फबाट सम्पूर्ण सहभागीहरूलाई निःशुल्क जलपान तथा नेपाली संस्कृति र परम्परा अनुसार तयार गरिएका नेपाली परिकार एवं नेपाली खानाको ब्यबस्था गर्नु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो