'केही ब्यक्ति अलग हुँदैमा निराश हुनुपर्ने छैन – एमाले नेता खिमलाल भट्टराई'

४ वर्ष अगाडि

बुटवल । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य खिमलाल भट्टराईले पार्टीबाट केही ब्यक्ति छुट्टएर जादैमा निराश हुन नपर्ने बताउनुभएको छ । रुपन्देहीको गैडहवा गाउँपालिकामा भएको युवाहरुको भेलामा सम्बोधन गर्दै वहाँले लामो समय पार्टीको नेतृत्व गरेका केही ब्यक्ति आज फेरी नेपालमा अस्थिरता सिर्जना गर्ने तत्वको भरिया बनेर नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर विभिन्न स्वार्थ र पदको लोभले अर्काे पार्टी बनाउन गएको बताउनुभएको हो ।

नेकपा एमालेका युवा नेता भट्टराईले नेकपा (एमाले) प्रगतिशील, जनपक्षीय पार्टी भएकाले हावाहुरी चल्नासाथ विचलित हुने पार्टी नभएको बताउनुभएको थियो । वहाँले नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आब्हान समेत गर्नुभएको थियो ।

राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक समेत रहनुभएका भट्टराईले रुपन्देहीको क्षेत्र नं.–५ मा नेपाली काँग्रेसले १५ वर्ष शासन गर्दा समेत कुनै परिवर्तन ल्याउन नसकेको भन्दै अव यस क्षेत्रको नेतृत्व नेकपा एमालेले गर्छ र परिवर्तन ल्याउँछ भन्नुभएको थियो । वहाँले नेकपा एमालेको नेतृत्वमा गैडहवामा वस्ती विकास, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने समेत बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख भुमिश्वर ढकालले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पु¥याउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवा शक्तिलाई अपिल गर्नुभएको थियो । क्षेत्र नं.–५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहनुभएका ढकालले अहिलेको गठबन्धनको सरकारले एकपछि अर्काे गर्दै जनताको हित विपरितका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको हुँदा त्यसका विरुद्ध एकजुट भएर खवरदारी गर्न युवाहरुलाई आब्हान गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, जिल्ला संयोजक मनोज गौचन शिक्षक संगठनका गैडहवा गाउँ कमिटी संयोजक सञ्जयकुमार यादव, विद्यार्थी नेता सन्दिप गुप्ता लगायतले बोल्नुभएको भयो भने राष्ट्रिय जनकलाकार प्रिया भण्डारीले आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गनुृभएको थियो ।

नेकपा एमाले गाउँ कमिटी अध्यक्ष भुवन रानाको अध्यक्षतामा र सचिव कृष्णशंकर गुप्ताको सञ्चालनमा सम्पन्न भएको युवा भेलामा मिन भट्टराई संयोजक, पदम थापा सहसंयोजक, रमेश जयसवाल सचिव रहेको १४६ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल, गैडहवा गाउँ कमिटी गठन गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित