'रोट्रयाक्ट क्लब अफ बुटबल चौतारी को दोश्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न'

५ वर्ष अगाडि

दिपेश राज नेपाल, बुटवल :- रोट्रयाक्ट क्लब अफ बुटबल चौतारी को दोश्रो पद हस्तान्तरण प्रमुख अत्तिथि लुम्बिनि प्रदेश प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ को प्रमुख अतिथिता र निवर्तमान अध्यक्ष लक्षमण श्रेष्ठ को अध्यक्षता मा सम्पन्न भएको छ ।
निवर्तमान अध्यक्ष लक्षमण श्रेष्ठले सुबाष नेपाललाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा लक्षमण श्रेष्ठले आफूले एक बर्षभित्रमा गरेका कामहरुको समीक्षा गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।श्रेष्ठले क्लबलाई अगामी दिनमा थप व्यवस्थित बनाई नयाँ योजनाहरु संचालन गर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष सुबाष नेपालले क्लबले संचालन गर्दै आएका ठुला प्रोजेक्टहरुलाई निरन्तरता दिंदै अहिलेको वर्ष रोटरी ,रोट्रयाक्ट डिष्ट्रिकको गोल भिजनमा रहेर काम गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अत्तिथि लुम्बिनि प्रदेश का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले सामाजिक क्षेत्रमा रोट्रयाक्टले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमा राजेन्द्र ढकाल ,लक्ष्मण खरेल, बिष्णु घिमिेरे, सुरज क्षेत्रि ,गोविन्द पराजुलि ,नविन अर्याल लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत