'लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा'

५ वर्ष अगाडि

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै उहाँले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामापत्र बुझाउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीका अनुसार पोखरेलले आज दिउँसो प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको  जानकारी दिनुभएको छ ।

सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि आज प्रदेशसभाको विशेष अधिवेशन बाेलाइएकाे थियो । मुख्यमन्त्री पोखरेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा  नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १  प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् जसमध्ये सभामुखसहित विपक्षी गठबन्धनका ४२ जना सांसदहरु छन् भने एमालेका ३८ जना सांसदहरु छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो