'लायन्स , लियो र प्रहरीको संयुक्त आयोजनामा निशूल्क मास्क वितरण'

५ वर्ष अगाडि

देवदह। रुपन्देहीको देवदह नगर भरीका विभिन्न स्थानमा “नो माक्स, नो मुभमेन्ट” अभियान अन्तर्गत चौथो दिन लायन्स क्लव अफ देवदह, स्पन्सर क्लव लियो क्लव अफ देबदह र देवदह प्रहरी चौकीको संयुक्त आयोजनामा देवदह न.पा. वडा नं. १, ६ नं. चोक बाजर क्षेत्रमा कार्यक्रम सम्पन्न भएको छ । उक्त अभियानमा बिना मास्क हिडडुल गरेका सर्वसाधरण , सवारीसाधन चालक तथा यात्रुहरुलाई निशुल्क मास्क उपलब्ध गराइ मास्क लगाइ हिड्न समेत अनुरोध गर्दै महामारीबाट सचेत र सजक रहन अनुरोध गरिएको लायन्स क्लव अफ देवदहका अध्यक्ष लायन बिनोद थापा मगरले जानकारी दिनु भएको छ ।

उक्त अभियानमा ३५० ओटा मास्क निशुल्क बितरण गरेको थियो । अभियानमा देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गङ्गा सारु मगरको नेतृत्वमा प्रहरी सहायक निरीक्षक भेषराज यादव, प्रहरी हवल्दार दुर्गा प्रसाद चौधरी, प्रहरी जवान सरोज चुदाली, जोमल खान, देव बहादुर जर्घा, लायन्स क्लव अफ देवदहको अध्यक्ष बिनोद थापा मगर, आईपीपी राम बहादुर गुरुगं, द्धितिय उपाध्यक्ष मन बहादुर क्षेत्री, सचिव सिर्जना ओली सापकोटा, कोषाध्यक्ष शिला मल्ल, सहसचिव बोधराज गौडेल, पिआरओ गणेश क्षेत्री, लियो क्लव अफ देवदहको तर्फबाट प्रथम उपाध्यक्ष प्रविन गौडेल, द्धितिय उपाध्यक्ष सागर पोख्रेल, सचिव अशोक गैरे, कोषाध्यक्ष अरुण गिरी लगायत लियो दिपेश पंंगेनी, केशव न्यौपाने, नेत्र बहादुर घर्ती, सुवास ज्ञावली, गौरव ज्ञावली, केशव डुम्रे, अंकित पंगेनी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी