'सुनको भाउ आज पनि घट्यो, तोलाको ८९ हजार रुपैयाँ कायम'

५ वर्ष अगाडि

काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो ।

विश्वमा रोजगारी बढेसँगै सुनको कारोबारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार कोभिड–१९ का कारण रोजगारी गुम्दा विश्वमा सुनमा लगानी बढेको थियो । तर, पछिल्लो समय रोजगारी बढ्दै गएकाले सुनमा लगानी गर्नेभन्दा पनि सुन बिक्री गर्नेहरु बढेका उहाँले बताउनुभयो ।

रोजगारी नहुँदा आयस्रोतको रुपमा सुनमा धेरैले लगानी गर्ने हुँदा भाउ पनि बढ्दै जाने शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै घट्ने सम्भावना देखिएकाले नेपालमा पनि सुनको भाउ फेरि घट्ने अनुमान गरिएको छ । पोहोर कोभिड–१९ का कारण भएको लकडाउन पछि नेपालमा सुनको भाउ महँगो हुँदै गएको थियो ।

गएको साउन महिनामा भाउ बढेर सुनको भाउ तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता भनेर भाउले नयाँ रेकर्ड बनाएको छैन । यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी