'पार्टीमा बेइमानी गर्नेलाई बेलैमा कारवाही नगर्दा समस्या भयो – एमाले नेता पोखरेल'

५ वर्ष अगाडि

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्र रहेर अराजक गतिविधि गर्नेलाई समयमै कारबाही गर्न नसक्दा पार्टीमा अहिलेको समस्या आएको बताएका छन् । ‘पार्टीमा रहेर अलग गुट चलाउने, आफ्नै सरकार र पार्टी अध्यक्षलाई असहयोग गर्ने, विपक्षीलाई साथ दिनेलाई समयमै कारबाही गर्न नसक्दा अहिलेको अवस्था आयो’, पोखरेलले भन्नुभयो ।

जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले तयार गरेको वृत्तचित्र सार्वजनिक कार्यक्रममा बोल्दै वहाँले पार्टीमा जीवराजजस्तै कुशल संगठकको खाँचो देखिएको अहिलेको घटनाले प्रष्ट पारेको बताउनुभयो । वहाँले अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गनुपर्ने बताउँदै अहिलेजस्तो पार्टीभित्र अनुशासनहीन नेता भए आश्रितले नछाड्ने भन्दै पार्टीमा आश्रितको अभाव भएको बताउनुभएको थियो ।

‘पार्टीलाई कमजोर बनाउनेहरुलाई एकछिन त आत्मरति मिल्ला तर पछि पक्कै महसुस हुनेछ’, माधव नेपाल समूहप्रति संकेत गर्दै वहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा राजनीतिक संकट पैदा भएको बताउनुभयो ।

प्रचण्डमा भएको अस्थिरता, अवसरबाद र महत्वकांक्षाकै कारण देशमा राजनीतिक संकट पैदा भएको वहाँले बताउनुभयो । प्रचण्डले एमालेभित्रको अन्तरविरोधमा खेलेर पार्टी टुक्राउने काम गरेको पोखरेलेको भनाइ छ ।

‘प्रचण्डको अवरवादी चरित्र, महत्वाकांक्षाका कारण वामपन्थी आन्दोलन नै कमजोर भएको हो’, पोखरेलले भन्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

जेनजी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना धनकुटाबाट पक्राउ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

सेयर बजार घट्ने क्रम रोकियो