'एमालेले सबै स्थानीय कमिटीहरुको अधिवेशन आगामी असोज ९ गतेभित्र सम्पन्न गर्ने'

५ वर्ष अगाडि

काठमाडौं– नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति निर्धारण गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आगामी असोज ९ सम्म गरिसक्ने निर्णय गरेको हो ।

बैठकपछि महासचिव ईश्वर पोखरेलले दिनुभएको जानकारी अनुसार पालिका अधिवेशनका लागि अन्तिम मिति असोज ९ गते तोकिएको छ । यसैगरी साउन २४ गते एमाले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै विधानभन्दा बाहिर पार्टी नजाने निर्णय पनि भएको बताउनुभयो । २०७५ जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने उहाँको भनाई छ ।

बैठक सोमवार पुनः ३ बजे बस्ने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो