'नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालयको बैठक सम्पन्न, संगठन विस्तारलाई तिव्रता दिन निर्देशन'

५ वर्ष अगाडि

बुटवल, साउन १७ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालयको बैठक पुष्पलाल स्मृति भवन बुटवलमा सम्पन्न भएको छ ।
नेकपा एमाले लुम्बिनीका अध्यक्ष लिला गिरीको अध्यक्षतामा सम्पन्न भएको बैठकले समसामयिक विषयमा जिल्लागत रिपोर्ट लिएको थियो भने सदस्यता नविकरण र संगठन विस्तारका लागि मातहतका कमिटीहरुलाई निर्देशन गरेको हो ।
सचिवालयको बैठकमा सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अगाडि सारेका योजनाहरु आम जनताको बिचमा लैजान अपिल अगुर्नभएको थियो । वहाँले संघीय सरकार र प्रदेश सरकारले धेरै राम्रा र जनप्रिय काम गरेको तर जनताका बिचमा भ्रम सिर्जना गर्ने शक्ति आवी भएको बताउनुभएको थियो । मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले नेकपा एमालेको एकता नभई आन्तरिक समस्याको समाधान भएको बताउनुभएको थियो । वहाँले पार्टीमा देखिएको आन्तरिक समस्या अव छिट्टै पार लाग्ने समेत बताउनुभएको थियो ।


बैठकमा १२ वटै जिल्लाका अध्यक्षहरुले आ–आफ्नो जिल्लाको समसामयिक र राजनैतिक विषयमा रिपोटिङ्ग गर्नुभएको थियो । रिपोर्टिङ क्रममा रुपन्देहीबाट जिल्ला अध्यक्ष शिवराज सुवेदी, कपिलवस्तुबाट जिल्ला अध्यक्ष झविलाल पोखरेल, दाङबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरुलाल चौधरी, पाल्पा जिल्ला अध्यक्ष नारायण आचार्य, गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, रुकुम पुर्वका अध्यक्ष टोपबहादुर वली, रोल्पा अध्यक्ष बालाराम बुढा, बाँके अध्यक्ष सुर्य ढकाल, बर्दिया अध्यक्ष लालबहादुर श्रेष्ठ, प्युठान अध्यक्ष तुल्सीराम शर्मा र पश्चिम नवलपरासीका अध्यक्ष दिपेन्द्र अधिकारीले जिल्लाको समसामयिक विषयमा बोल्नुभएको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो