'दाङमा दैनिक ९ सय बढि अक्सिजन उत्पादन हुने'

५ वर्ष अगाडि

उक्त प्लान्ट बिहीबार अवलोकन गर्दै उनले दाङ मात्र नभइ छिमेकी जिल्ला सल्यान, रुकुम, प्यूठान, रोल्पालाई समेत पुग्ने गरी अक्सिजन उत्पादनको तयारी भैरहेको बताए । उनले भने,‘ दाङ जिल्लालाई मात्र नभई छिमेकी पहाडी जिल्लालाई समेत पुग्ने गरी अक्सिजन उत्पादनको तयारी भइरहेको छ ।

आउँदा दिनमा कोरोनाको तेस्रो लहर फैलिन सक्ने भन्दै विज्ञहरूले सचेत रहन भनिरहेको बेला हामीले जिल्लामा पूर्व तयारी थालेको छौं ।’ यसअघि कोरोना भाइरसको दोस्रो लहरका बेला जिल्लामा अक्सिजनको अभाव भएको थियो । जसका कारण कोरोना संक्रमति ज्यान गुमाएका थिए ।

अब कोरोनाको तेस्रो लहरमा जिल्लामा अक्सिजनको अभाव नहुने प्रजिअ कुरुम्बाङले बताए । त्यस्तै, सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकका अनुसार अक्सिजन प्लान्ट उद्योगबाट प्रतिदिन ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

सिमेन्ट उद्योगले आफ्नै लगानीमा उक्त क्षमताको अक्सिजन प्लान्ट उद्योग सञ्चालनमा ल्याउन लागेको उनले बताए । उनले अबको एक महिनाभित्रमा अक्सिजन उत्पादन शुरु हुने समेत बताए ।

हाल जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २००, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, दाङ अक्सिजन उद्योगले २०० गरि जम्मा ४७५ सिलिन्डर प्रति दिन उत्पादन गरिरहेका छन् । अब एक महिना पछि सिमेन्ट उद्योगले ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने भएपछि जिल्लामा जम्मा ९ सय २५ वटा प्रति दिन अक्सिजन सिलिन्डर उत्पादन हुने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो