'पुल भासिँदा बट्टार–विदुर सडकखण्ड अवरुद्ध'

५ वर्ष अगाडि

काठमाडौँ – बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा पनि क्षति पुर्याएको छ । पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ ।

पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको बताए ।

क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बिहानबाट खुलाउन प्रयास गरिएको डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । उनका अनुसार सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुनः सञ्चालन गर्न प्रयास गरिने छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

जेनजी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना धनकुटाबाट पक्राउ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

सेयर बजार घट्ने क्रम रोकियो