'देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड'

३ हप्ता अगाडि

देवदह। देवदहमा शुक्रबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल र उपप्रमुख विद्या लक्ष्मी गुरुङले संयुक्त रूपमा गर्नुभएको हो। ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलले विद्यार्थीलाई सही मार्गदर्शन गर्न मद्दत गर्ने बताउनुभयो। खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण फाइदा पुर्याउने उल्लेख गर्दै उहाँले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा खेलको ठूलो भूमिका रहने धारणा व्यक्त गर्नुभयो। खेल क्षेत्रलाई व्यावसायिक रूपमा समेत अघि बढाउन सकिने बताउँदै उहाँले खेलाडीले मेहनत र लगनशीलताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। देवदह खेलकुदतर्फ उत्साहित रहेको उल्लेख गर्दै प्रमुख खरेलले यस क्षेत्रबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन भइसकेका र आगामी दिनमा अझ उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण योगदान पुर्याउनेमा जोड दिनुभयो।

उपप्रमुख विद्धा लक्ष्मी गुरुङले खेल क्षेत्रमार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान गरी त्यसअनुसार आवश्यक वातावरण निर्माण गर्न नगरपालिकाले पर्याप्त चासो र लगानी गरेको बताउनुभयो। उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उत्कृष्ट अवसरका रूपमा उपयोग गर्दै सक्षम र प्रतिस्पर्धी खेलाडी उत्पादनमा विद्यालयहरूले थप जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार,  द्वितीय हुने विद्यालयले १५ हजार र तृतीय हुने विद्यालयले १० हजार नगद प्राप्त गर्ने नगर शिक्षा अधिकृत पर्शुराम ढकालले जानकारी दिनुभयो। । प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्। प्रतियोगिता सञ्चालन शिक्षा अधिकृत पर्शुराम ढकालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री