'गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग'

३ हप्ता अगाडि

देवदह । सोइया महिला स्वावलम्बी संस्थाले गर्ल्स फर्स्ट फण्ड परियोजना अन्तर्गत आर्थिक रूपमा विपन्न तथा अति आवश्यक बालबालिकाका अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले “व्यवसायिक अभिभावक सहयोग कार्यक्रम” सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत देवदह–२ मा अवस्थित भविष्य निर्माण माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको परिवारलाई दुई वर्षका लागि निर्व्याज रु. ८८ हजार ५ सय बीउ पूँजी उपलब्ध गराइएको छ। उक्त रकमबाट व्यवसायिक बाख्रा पालन सुरु गरी परिवारको आयआर्जन वृद्धि गर्ने तथा दुई वर्षभित्र बिना ब्याज रकम फिर्ता गर्ने सहमति भएको जनाइएको छ।

देवदह नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दलबहादुर राकसकोटीले सोईया महिला स्वावलम्बी संस्थाले स्थानीय तहसँग सहकार्य गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण कार्य गरिरहेको बताउनुभयो। उहाँले बाख्रा पालन सम्बन्धी कुनै समस्या वा प्राविधिक जानकारी आवश्यक परेमा वडामै पशु चिकित्सकको व्यवस्था रहेको जानकारी दिँदै सेवाको उपयोग गर्न अभिभावकलाई आग्रह गर्नुभयो।

विद्यालयका सहायक प्रधानाध्यापक गंगाधर खनालले संस्थाले गरिरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले हाल गरिएको लगानीले अन्य अभिभावकलाई समेत व्यवसाय विस्तारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। संस्थाकी उपाध्यक्ष तथा व्यवसायिक कृषि पालन फोकल पर्सन मैना परियारको अध्यक्षता र एलिना हमालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सरी माया गुरुङ, निर्मला भण्डारी र पूजा बोहरा, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री