'ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु'

३ हप्ता अगाडि

महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनको छोरी वर्ष ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी वर्ष ८ की रफिया खातुन रहेकी छन् ।

प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार मटिहानी नगरपालिका ४ मझौराका गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको अवस्थामा दुवै बालिका ट्याक्टरमा बसेका थिए । अचानक लडेर रोटाभेटरले टाउकोको भागमा काटिँदा दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेको, ट्याक्टर घटनास्थलमा नै रहेको डिएसपी भट्टले बताए । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री