शंखरापुर नगरपालिकाको जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ ।
दुर्घटनामा चार जना घाइते भएका छन् ।
प्र ३–०१–००५ ख ९५५१ नम्बरको बस शंकरापुर–३ स्थित फेदीमा दुर्घटना भएको हो । उक्त बस आफैं अनियन्त्रित भएर दुई मिटर पर रहेको टहरामा ठोक्किएको प्रहरीले बताएको छ । बसमा सवार ३२ जना मध्ये चार जना घाइते भएको प्रहरीले बताएको छ ।
उक्त बस सिन्धुलीको तीनपाटन गाउँपालिका–७ का ३३ वर्षीय लोकबहादुर तामाङले चलाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0