चितवन । रोटयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपालले चितवनमा डिष्ट्रिक्ट सेमिनार सम्पन्न गरेको छ । सेमिनार डि.आर.आर रोसन कार्किको अध्यक्षयता र रोटरी डिष्ट्रिक्टका डि.जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट २०२४/२५ का डिष्ट्रिक्ट गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रिक्टले विगत देखि गरेका कामहरुको प्रशंसा गर्दै अव नयां कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताउनु भयो । धेरै जसो युवाहरु रोजगारीको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुँदा स्वदेश मै रोजगारीको सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्नेमा जोड दिँदै रोटरी डिष्ट्रिक्टले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाले व्यक्त गर्नु भएको थियो ।
सेमिनारमा आगामी बर्ष गर्ने कामको बारेमा समिक्षा गरिएको थियो भने वार्षिक कार्ययोजना समेत निर्माण गरिएको थियो । दुई दिन सम्म चलेको उक्त सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बहरुको सहभागिता रहेको इलेक्ट डि.आर.आर विक्रम क्षेत्रीले बताउनु भयो । सेमिनारले बिगतका बर्षहरुमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमहरु सन्चालन गर्ने गरी कार्य योजना निमार्ण गरेको समेत उहाले बताउनु भयो।
कार्यक्रममा रोटरियन राजन पिया, सौगात गौतम, सुरज पौडेल, नानि काजि खडका, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे, सुविन खडका लगायतले सहजीकरण गनुभएको थियो ।