'देवदह मा.विमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न'

२ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदह ७ स्थित देवदह मा.विमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ। देवदह मा.विको आयोजना र देवदह नगरपालिकाको प्राविधिक सहयोगमा लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालवालिकामा लगानीको ऐक्वद्धता भन्ने नारा सहित उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले लैंङ्गिक हिंसा अन्त्यको अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने र विभिन्न संघ संस्था, विद्यालयहरुले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको औल्याउनु भयो । विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जनचेतना जगाउने उद्देश्यले महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै विद्यालयको प्रसंसा समेत गर्नुभएको थियो । प्रत्येक नागरिक सचेत भए हिंसा आफै न्यूनीकरण हुने उहाले बताउनुभयो ।

सहजकर्ता अधिकारकर्मी मिनाक्षी न्यौपानेले सचेतना अभिमुखीकरण गराउँदै महिला अब सजग बनेर अगाडि बढ्नु र घरेलु होस वा अन्य कुनै पनि हिंसा सहेर बस्न नहुने बताउनुहुदै हिंसा कस्ता हुन्छन्, हिंसा बाट कसरी बच्न सकिन्छ, हिंसा कसरी पहिचान गर्ने लगायतका विषयमा कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । सोहि अवसरमा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेल, व्यवस्थापन समिति सल्लाहकार दुर्गा प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम थापा, अतिरिक्त क्रियाकलाप संयोजक खुम भण्डारी लगाएले लैंङ्गिक हिंसा विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम विद्यालयको शिक्षक ईन्दिरा अर्यालको अध्यक्षता र शिक्षक बाबुराम पन्थिको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित