'प्युठानमा विवाहको भोज खाएका ४५ जन्ती बिरामी'

३ वर्ष अगाडि

प्युठान। विवाहको भोज खाएका प्युठान नगरपालिका -६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् । मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोजमा सहभागी एउटै गाउका ४५ स्थानिय बिरामी भएको वडाअध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । ‘जन्ति गएका ४८ मध्ये तीनजना बाहेक लगभग सबै बिरामी छन’ उनले भने, ‘बेहुला र बेहुली पनि बिरामी छन।’

उनीहरुमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैलाई सोमबार साझ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ। बिरामी परेकाहरु सबैको अवस्था सामान्य छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित