'निजी बिद्यालयहरुले गरेको योगदानको राज्यले कदर गर्नुपर्छ – प्याब्सन उपाध्यक्ष काफ्ले'

३ वर्ष अगाडि

रुपन्देही // निजी विद्यालयहरुको योगदानलाई राज्यले बिर्सन नहुने प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेले बताउनु भएको छ। राज्यले सामुदायिक विद्यालयमा गरेको लगानी र त्यसबाट प्राप्त हुने उपलब्धी साथै व्यक्तिहरुले निजी क्षेत्रमा गरेको लगानी र त्यसबाट राज्यले शिक्षा क्षेत्रमा प्राप्त गरेको उपलब्धीको मूल्यांकन हुनुपर्ने वहाँको भनाई छ।

निजी विद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिको बारेमा राज्यलाई थाहा भएता पनि सँधै निजी विद्यालयको हित विपरित राज्यले व्यवहार गर्ने गरेको वहाँको गुनासो छ। निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहको चौथो साधारण सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो।

कार्यक्रममा प्याब्सन देवदहका प्रमुख सल्लाहकार तथा जिल्ला सह सचिव बोधराज गौडेलले निजी विद्यालयहरुको चुनौती र अवसरको बारेमा आफ्नो धारणा राख्दै राज्यले प्राविधिक शिक्षालय सञ्चालन गर्न दिनु पर्ने बताउनु भयो। कार्यक्रममा सचिव टिकाराम चापागाईले आर्थिक प्रतिवेदन, सचिव कृष्ण प्रसाद गैरेले सांगठानिक प्रतिवेदन र अध्यक्ष राम बहादुर गुरुङले संगठनको भावी योजनाहरु प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सदस्य तथा सल्लाहकार महेश पराजुली, सदस्य गुरु प्रसाद पौडेल, बिष्णुप्रसाद अर्याल लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो। एक नारायण काफ्लेको प्रमुख आतिथ्यमा राम बहादुर गुरु¨को अध्यक्षता र सचिव कृष्ण प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित