'देवदहमा सेनेटरी प्याड वितरण तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न'

८ महिना अगाडि

देवदह ।। रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा सेनेटरी प्याड वितरण तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न भएको छ। भविष्य निर्माण माध्यमिक विद्यालय, देवदह–२ मा मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दलबहादुर राकसकोटीले महिनावारी स्वच्छताबारे सचेतना फैलाउन यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनुभयो। साथै उहाँले विद्यालयस्तरमै विद्यार्थीलाई स्वच्छता सम्बन्धी सचेतना दिनुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रमका जोन १८ का जेड आर आर  डा. आविष्कार पराजुली,  महिला तथा स्त्री रोग विशेषज्ञ डा. नविन पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापा, प्रधानाध्यापक गोविन्द प्रसाद भुसाल लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहाका अध्यक्ष डा. विजय अम्गाईको अध्यक्षता, सहसचिव पारु अर्यालको स्वागत र क्लबका सचिव किशन थापा दरलामीको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी