'देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम'

७ महिना अगाडि

देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदहले बालमैत्री शिक्षण प्रणाली सुदृढ गर्न प्रारम्भिक तहका शिक्षकहरूलाई दुई दिने तालिम सम्पन्न गरेको छ। तालिम कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीको सहकार्यमा सञ्चालन गरिएको हो।

तालिममा बालमैत्री कक्षा व्यवस्थापन, बालबालिकाको सक्रिय सहभागिता, र कक्षाकोठामा शिक्षकको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा प्रशिक्षक लक्ष्मी थापाले सहजीकरण गरेकी थिइन्। विद्यालयका अनुसार सिकाइलाई सहज, रमाइलो र अनुभवमा आधारित बनाउन कक्षाकोठा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित थियो।

कार्यक्रमको समापनमा विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले सहभागी २१ जना शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकाइका कुरा व्यवहारमा उतार्न प्रेरित गरे। उनले बालबालिकाको रुचि अनुसार सिक्ने वातावरण सिर्जना गर्न शिक्षकको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए।

तालिममा नर्सरीदेखि कक्षा ३ सम्म अध्यापन गर्ने शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित