देवदह। नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर -१ रुपन्देहीको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। शनिबार देवदह -५ स्थित पाठक फुडल्याण्डमा सम्पन्न प्रथम क्षेत्रीय अधिवेशनले किशन बहादुर थापाको अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।
जसको उपाध्यक्षमा चन्द्र बहादुर थारु र ज्योति श्रेष्ठ, सचीवमा संजय चौधरी र लुक बहादुर रेश्मी , सहसचिवमा लेख बहादुर थापा र सोनु सारु, र सदस्यहरुमा मिना लम्तारी, रुपेश श्रेष्ठ, लाल बहादुर गुरुङ, मिना थापा, मन बहादुर गुरुङ, सन्दिप राना, जनक लाल श्रेष्ठ, शेर बहादुर चौधरी, बिष्णु माया थापा , सपना गुरुङ र शोभा थापा सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।
अधिवेशनको खुल्ला सत्रमा मन्तब्य व्यक्त गर्दै नेपालि कांग्रेसका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले लोकतन्त्र जनताले शासन गर्ने व्यवस्था भएको बताउँदै लोकतन्त्र र व्यवस्था विरुद्ध लाग्ने तत्वहरुलाई परास्त गर्न लोकतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
बलिदानी र आन्दोलनबाट प्राप्त उपलब्धि विरुद्ध लाग्न कसैलाई छुट नभएको समेत सांसद रज्जाकको भनाई थियो।
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रुपन्देहीका जिल्ला अध्यक्ष नर बहादुर थापा “सुरज” ले नेपालमा रहेका सबै जनजातिहरुलाई गोलबन्द र एकीकृत गरेर लैजान संगठन निर्माण प्रक्रियालाई तीव्रता दिईएको बताउनुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य महिला नेत्री गङ्गा शाहीले महिलाहरुले अवसर पाएको खण्डमा नतिजामूखी र परिणाम दिने गरि काम गर्न सक्षम रहेको बताउनुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य यक बहादुर सुनार, सरिता चौधरी, जिल्ला सह-सचीव वासुदेव रिमाल, क्षेत्रीय सभापति हिरा बहादुर खत्री, क्षेत्र नम्बर १ क का उपसभापति नवीन राज आचार्य, नेपाली काङ्ग्रेस नगर सभापति गुणाखर भूर्तेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्रीय तदर्थ समितिको संयोजकत्वमा किशन बहादुर थापाको सभापतितब, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ देवदहका उपाध्यक्ष भरत कुमार गुरुङको स्वागत र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ देवदहका नगर अध्यक्ष मिलन माश्की रानाको संचालनमा सम्पन्न भएको थियो।