'मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन'

१० महिना अगाडि

भालुबाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ। उपस्वास्थ्य चौकी हुँदै ५० शैयाको अस्पतालमा स्तरोन्नति भएको भालुबाङ अस्पताल अब औपचारिक रूपमा सेवा दिन थालेको हो।

मुख्यमन्त्री आचार्यले अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो उपचार सुविधा प्रदान गरिने बताए। प्रदेश सरकारले अस्पतालहरूमा पूर्वाधार, उपकरण र विशेषज्ञ जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सुशासन र पारदर्शितामा जोड दिइएको जानकारी दिनुभयो।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले भालुबाङमै विशेषज्ञ सेवा उपलब्ध भएसँगै अन्यत्र जानुपर्ने बाध्यता हटेको बताए।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले अस्पतालमा नयाँ उपकरण र आत्मनिर्भरता वृद्धि गर्नेतर्फ प्रदेश सरकारले ध्यान दिएको उल्लेख गरिन्।

हाल भालुबाङ अस्पतालमा जटिल प्रसूति सेवा र सर्जरी सेवा विस्तार गरिएको छ। ५१ वटा जटिल प्रसूति शल्यक्रिया सम्पन्न भइसकेको र निकट भविष्यमा रक्त सञ्चार केन्द्र स्थापना गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित