'पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा'

१० महिना अगाडि

पाल्पा — शिक्षक आन्दोलनका कारण तीन सातादेखि बन्द रहेको पाल्पाको माथागढी गाउँपालिका–१ स्थित ज्ञानोदय आधारभूत विद्यालय अभिभावकको दबाबपछि आजदेखि पुनः सञ्चालनमा आएको छ।

विद्यालय बन्दले विद्यार्थीको भविष्य प्रभावित हुने भन्दै सोमबार अभिभावकहरूले विद्यालयमै पुगेर व्यवस्थापन समितिमा दबाब दिएका थिए। ‘विद्यालय खोल, भविष्य जोगा’ भन्ने नारासहितको दबाबपछि पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले जानकारी दिए।

उनका अनुसार अभिभावक, शिक्षक र विद्यार्थीबीच छलफलपछि आजदेखि नियमित कक्षा सञ्चालन गरिएको हो। वडा भित्रका अन्य विद्यालयहरूमा पनि क्रमशः पठनपाठन सुरु भएको छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरू गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित