बुटवल । नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कपअन्तर्गत कर्णाली प्रदेशविरुद्ध ६ विकेट लिएसँगै ललितले १०० विकेटको आँकडा पूरा गरेका हुन् ।
उनले ४२ खेलको ४० इनिङमा १०० विकेट पूरा गरेका हुन् । १ हजार १३ रन खर्चिएका उनले ४५ मेडन ओभर गरेका छन् । जारी प्रधानमन्त्री कपमा मात्रै ललितले ३६ विकेट लिएका छन् । उनले यो सिजनमा ८ खेल खेलेका छन् ।
पीएम कपमा सर्वाधिक विकेट लिनेको सूचीको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका शाहब आलम छन् । उनले ४८ खेलको ४६ इनिङमा ९९ विकेट लिएका छन् । तेस्रो नम्बरमा रहेका शेर मल्लले ६९ विकेट लिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0