'सगरमाथा आवासीय मा.विद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान'

२ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासीय मा.विले राष्ट्रिय परिक्षा बोर्डको कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेका मेधावी विद्यार्थीहरुका लागि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार विद्यालयको सभाहलमा आयोजित एक समारोहमा कक्षा १२ मा उत्तिर्ण गरेका देवदह नगरकै प्रथम, द्वितिय र तृतीय भएका विद्यार्थी सहित अन्य सम्पूर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका परिक्षा व्यवस्थापन समितिका प्रमुख बुटवलका रमाकन्त तिवारीले यस नगरमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएर आफ्नो नाम सगरमाथा जस्तै उच्च राख्न सफल भएकोमा विद्यालयलाई तथा विद्यार्थीलाई बधाई दिनुभएको थियो । उहाले यो सफलतालाई आगामी वर्षमा पनि कायमै राख्न चुनौती थपिएको बताउदै नगर, जिल्ला, प्रदेश हुँदै देशकै उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिनुभएको थियो। उहाले विद्यार्थीलाई सर्टिफिकेटले मात्र केही नहुने भन्दै सीप सहितको दक्ष्यता हासिल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अभिभावन संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञावाली, देवदह नगरपालिकाको पुर्व नगर प्रमुख हिरा बहादुर केसी, विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल, विद्यालय संचालक समितिका सदस्य तथा देवदह बोर्डिङ स्कुलका प्राचार्य विष्णु प्रसाद पौडेल लगाएतले बोल्दै विद्यालयले उत्कृष्ट पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताएका थिए ।

सोही अवसरमा बोल्दै विद्यार्थीको तर्फबाट जय भण्डारी र यम बहादुर बोहोराले आफुहरुलाई अध्ययन अध्यापन गराउनुहुने शिक्षक शिक्षिका तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम सापकोटा, विद्यालयका सहायक प्राचार्य प्रदिप अधिकारीको स्वागत र संयोजक दिपेश मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी