'मैत्रीपुर्ण ब्रदर्श डर्बी फुटबल खेलमा लायन्स क्लब विजयी'

२ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदहमा सामाजिक क्षेत्रमा अग्रहसर दुई संस्था बिचको मैत्रीपुर्ण ब्रदर्श डर्बी फुटबल खेल सम्पन्न भएको छ। देवदह ८ विशालनगरको खेल मैदानमा आयोजित मैत्रीपुर्ण खेलमा लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको टिम विजयी भएको छ।

शनिबार भएको मैत्रीपुर्ण खेलमा निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरीमा सकेपछि खेल ट्राईवेकरमा गएको थियो। लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका लागि आक्रोश देवकोटाले १ गोल गरेका थिए भने सामाजिक सेवा समुहका मदन शर्मा पोख्रेलले १ गोल गरेका थिए । ट्राईवेकरमा खेल लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले ५-४ को गोल अन्तरले जित हासिल गरेको हो।

फरक नाम तर समाजसेवाको साझा उद्देश्य लिएर स्थापना भएका संस्थाबिचको मित्रलाई अझै बलियो बनाउने उद्देश्य साथ खेलको आयोजना गरिएको हो । विगत ४ वर्ष देखि उक्त मैत्रीपुर्ण खेल खेलिदै आएको छ । जसमा २ खेल सामाजिक सेवा समुहले जितेको छ भने २ खेल लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले जितेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

जेनजी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना धनकुटाबाट पक्राउ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

सेयर बजार घट्ने क्रम रोकियो