'अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्नेलाई मुसिकाेटले मासिक १ हजार रुपैयाँ दिने'

२ वर्ष अगाडि

गुल्मी । मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई सहयोगस्वरूप सुविधा प्रदान गर्न लागेको नगरपालिकाका मेयर जीवलाल खरेल ‘जीवन’ ले जानकारी दिनुभयो ।

नगरभित्रका अपाङ्ताको (क) वर्गका परेका ९५ जनामध्येबाट छनोट गरी अति अशक्त अपाङ्गता भएकाको हकमा मासिक एक हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने छ ।

कार्यपालिका बैठकले पारित गरेको कार्यविधिअनुसार आफ्नो स्याहार आफैँ गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने निर्णय गरेको हो ।

अपाङ्गता भएकालाई सीप मूलक कार्यक्रम सञ्चालन गरेर जीविकोपार्जनमा थप सहयोग पुर्‍याउने योजना बनाएको उपमेयर गङ्गाकुमारी श्रेष्ठले बताउनुभयो ।

मुसिकोट नगरपालिकाभित्र चार सय ४४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी