'तिहारको टीका लगाउन हिँडेका खुम बहादुर मृत अवस्थामा फेला'

२ वर्ष अगाडि

अर्घाखाँचीको भूमिकास्थानमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

तिहारको भाइटीका लगाउन भनी हिँडेका गुल्मी धुर्कोट गाउँपालिका-२ पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती भूमिकास्थान नगरपालिका-३ सिख्रको भीरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले बताए ।

कात्तिक २९ गते तिहारको दिन भूमिकास्थान-३ सिख्रमा दिदी कमला घर्तीको घरमा तिहारको भाइटीका लगाउन भनी हिँडेका घर्ती मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित