'शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास असम्भव रहेको मन्त्री चौधरीको भनाई'

३ वर्ष अगाडि

सियारी । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री इन्द्रजीत थारुले शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास असम्भव रहेको बताउनुभएको छ । उहाँले पूर्वाधारको पनि पूर्वाधार शिक्षा क्षेत्र भएको बताउँदै मानव संशाधनको बिकासले मात्रै समाजको विकास प्रक्रियाले सही दिशा आत्मसाथ गर्ने बताउनुभयो। रुपन्देहीको सियारी४ मा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अन्य क्षेधलाई मजबुत गराउनको लागी साथमा दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीलाई विकास गर्दै जानुपर्नेमा जोड दिनुभएको थियो ।

मन्त्री चौधरीले ज्ञान र व्यवहारलाई एक साथ अगाडि बढाउनुपर्ने बताउँदै संविधानअनुसार प्राथमिकतामा परेको शिक्षालाई बजेटमा पनि प्राथमिकतामा पारेर लैजानुपर्नेमा जोड दिनुभएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सांसद वसिउद्दीन खाँले रुपन्देहीको शिक्षा क्षेत्रको समग्र विकासका लागि आफू निरन्तर लाग्ने बताउनुभएको थियो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष बिद्धराम बन्जाडेको स्वागत तथा सहायक प्रधानाध्यापक तेजप्रसाद खरेलको सञ्चालनमा भएको कार्यक्रममा सियारी गाँउपालिकाका उपाध्यक्ष तारा थारु, कलेजका प्रधानाध्यापक लोक बस्याल, पब्लिक माविका प्रधानाध्यापक डिलाराम खनाल, सहायक प्रधानाध्याक ईन्द्रप्रसाद तिवारी लगायतले बोल्दै शिक्षा क्षेत्रको समग्र विकासका लागि तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका छन। कार्यक्रममा कलेजलाई सहयोग गर्ने दाता, छात्रवृत्ति स्थापना गर्ने व्यक्ति, छात्रवत्ति पाउने विद्यार्थी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । साथै कलेजले प्रकाशन गरेको स्मारिकलाई विमोचन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी