'राेट्याक्ट क्लब अफ देवदह मेडिकल कलेजद्वारा बृहत् पेडियाटृक क्याम्प सम्पन्न'

३ वर्ष अगाडि

देवदह // राेट्याक्ट क्लब अफ देवदह मेडिकल कलेजद्वारा बृहत् पेडियाटृक क्याम्प सम्पन्न भएको छ । देवदह मेडिकल कलेजको सहकार्यमा देवदह नगरपालिका वडा नं १२ स्थित प्रगती मा.वि मा मेडिकल क्याम्प सम्पन्न गरिएको हो।

उक्त मेडिकल क्याम्प बाट सात सय बढि बिद्यार्थी लाभान्वित भएका छन् । क्याम्पमा वरिष्ठ बाल चिकित्सक डा. किरण पन्थी र नाक कान तथा घाँटी रोग विशेषज्ञ डा.महेस राज पोख्रेलले सेवा दिएका थिए । सो क्याम्पमा हिरालाल धामीले सम्पुर्ण बालबालिकाहरुको भिजन परिक्षण गर्नुभएको थियो।

कार्यक्राममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डेगबहादुर सारुले बाेल्दै स्वास्थ्य शिक्षाको आभाव, समयमा स्वास्थ्य परिक्षणमा लापर्वाही सरसफाईमा कमी लगायत कारणले बिरामी पर्ने हुदा यो क्याम्प एकदमै फलदाई रहेको बताउनुभयो ।
यस संस्थाले यस अघि पनि पटक-पटक यस प्रकारको निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आईरहेको र भविष्यमा पनि स्वास्थय सम्बन्धि कार्यक्रमहरु गर्दै आइरहने क्लबका संस्थापक अध्यक्ष आविष्कार पराजुलीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी