'पार्टीको गठबन्धन होइन जनताको गठबन्धन हुनुपर्छ – एमाले नेता श्रेष्ठ'

३ वर्ष अगाडि

बुटवल । नेकपा एमालेका नेता तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले अहिलेको गठबन्धनको सरकारप्रति लक्षित गर्दै पार्टीको गठबन्धन होइन जनताको गठबन्धन हुनुपर्ने बताए । पाँच सात तर्फ फर्केका पार्टीले गठबन्धन गरेर सरकार चलाउने, महंगी बढाउने, राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश गराउने र देशको ढुकुटीमा लुछाचुडी गर्ने, राष्ट्र विरोधी गतिविधि चलाउने होइन जनप्रिय काम गरेर जनताको गठबन्धन हुनपर्छ जहाँ हरेक नेपालीले आफ्नो अपनत्व महसुस गरुन् – श्रेष्ठले भने ।

उनले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको बताए । शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ निर्वाचन परिचालन कमिटीको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आदिवासीजनजातिको देश विदेशमा परिचित गौरवपूर्ण इतिहास रहेको बताएका छन् । आदिवासी जनजाति समुदाएका भाषा, धर्म, संस्कृति संरक्षण गर्नु सो समुदाय मात्रै होइन राज्यको दायित्व रहेको श्रेष्ठले बताए । उनले राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित