'कामना सेवा बिकास बैंकद्वारा रक्तदान'

३ वर्ष अगाडि

रुपन्देही // कामना सेवा विकास बैंकले आफ्नो १६ ओैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत “रक्तदान जिवन दान” भन्ने मूलमर्म लाई आत्मसाथ गर्दै बुटवलमा रहेको नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही को सहकार्य तथा रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) संगको सहजीकरणमा बुटवल मा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमा बैंकका सञ्चालक समिति सदस्य श्री भिम प्रसाद तुलाचन को प्रमुख आतिथ्यता, नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही का अध्यक्ष श्री कृष्ण चौहान छेत्री को अध्यक्षता, नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही कि सदस्य भगवती अर्याल को आतिथ्यता भएको कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनाल ले संचालन गर्नु भएको थियो भने स्थानीय महानुभावहरु, नियमित रक्तदाता साथै बैंकका कर्मचारी हरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

सामाजिक उत्तरदायित्व आन्तर्गत बैंकले गर्दै आएको सप्ताहा ब्यापी कार्यक्रम को विषयमा प्रकाश पार्दै कार्यक्रम का प्रमुख अतिथि तुलाचन ले बैंक ले आगामी दिनमा पनि येस्तै सामाजिक कार्य गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रम का अध्यक्ष ले रक्तदाता किन गर्नु पर्छ र कस्तो व्यातिले रक्तदाता गर्न सक्छ जस्ता प्राविधिक तथा संस्था को इतिहास को बारेमा समेत प्राकाश पार्दै नियमित रक्तदान गर्नुपर्ने मा जोड दिनुभयो । उक्त कार्यक्रम मा ९० युनिट ब्लड संकलन भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री