'कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड र श्रीकृष्ण पोलिक्लिनिक प्रा लि बिच सम्झौता'

३ वर्ष अगाडि

देवदह // कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड र श्रीकृष्ण पोलिक्लिनिक प्रा लि ,देवदह खैरेनी बिचमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सहकारीको तर्फबाट व्यवस्थापक बिनोद पराजुली र पोलिक्लिनिकका तर्फबाट अध्यक्ष डा.कृष्ण प्रसाद गैरे द्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार सहकारीका सेयर सदस्यहरुलाई परिचय पत्रको आधारमा ओ.पि.डि ( मेडिकल अधिकृत ) टिकटमा ५०% छुटको व्यवस्था, डिजिटल एक्स रे ,भिडियो एक्सरे र इसिजी सेवा मा १०% छुट को व्यवस्था, ल्याब परीक्षणमा २०% छुट को व्यवस्था, प्रोसिडियर / ड्रेसिङ शुल्कमा १०% छुट को व्यवस्था, औषधीमा ३-५%( प्रकृती अनुसार) छुट को व्यवस्था रहेको छ।

त्यस्तै होलबडि परिक्षण प्याकेज सरह रहनेछ ( प्याकेज A २३०० र प्याकेज B ३५००), ७० वर्ष माथि उमेर समूहका बिरामीलाई ल्याब परीक्षणमा २५% छूट, एक्सरे / भिडियो एक्सरेमा १५% छूट र होलबडि परीक्षणमा थप १०% छुट रहनेछ। साथै गरीब, विपन्न असहाय हरुका लागी सेवा शुल्कमा वडा कार्यालय को सिफारिस अनुसार २५ देखि ५० % सम्म छुट सुविधा रहेको छ।

बिभिन्न बिषेशज्ञ सेवाहरु मार्फत सेवा सुरु गरेको श्रीकृष्ण पोलिक्लिनिक प्रा लि ले वुटवल पूर्वी क्षेत्रमा नै पहिलो एकमात्र चौबिसै घण्टा रेडियोलोजिस्ट डाक्टर द्वारा सेवा दिने संस्थाको रूपमा स्थापित भएको छ। कोलीय देवदह साकोस् सँगको सम्झौताले, संस्थाका सम्पूर्ण सेयर सदस्यहरूलाई गुणस्तरिय तथा भरपर्दो सेवा आफ्नै ठाउँमा, न्यूनतम मूल्यमा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने छ।

यस क्षेत्रकै प्रतिष्ठित डाक्टर तथा स्वास्थ्यकर्मी हरुको संयुक्त लगानीमा स्थापित भएको संस्था, यस क्षेत्रको लागि स्वास्थ्य क्षेत्रमा कोसेढुङ्गा साबित हुँदै आएको छ,यहाँबाट हरेक दिन २४सै घण्टा आकस्मिक सेवा, बिषेशज्ञ सेवा, भिडियो एक्सरे, एक्सरे,ECG, ल्याब, फार्मेसी सेवा उपलब्ध भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी