'पत्रकार टेक मास्की रानाको उपचारको क्रममा निधन'

४ वर्ष अगाडि

रुपन्देही । मोफसलको राजधानी बुटवललाई मुख्य कार्यक्षेत्र बनाएर करिब २ दशक देखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार टेक मास्की रानाको आज बिहान निधन भएको छ। लामो समयदेखि डेंगू तथा निमोनियाका बिरामी हुनु भएका मास्की रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको नेपाल आदीवासी जनजाती पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा मगरले जानकारी दिनुभएको छ।

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय अध्यक्ष समेत रहनु भएका मास्की राना डेंगुसंगै मिर्गौला र जण्डिसबाट पिडित भई पाल्पाको मिसन अस्पतालमा उपचार पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर पश्चात उपचारत हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादी रुपन्देही जिल्ला सचिवालय सदस्य राजु भुजेलका अनुसार श्रमजीवी जनताका प्रिय एबं जुझारू कलमजीवीको रुपमा क्रियाशिल पत्रकार मास्की अस्वस्थ रहेको अवस्थामा समेत जनताको पक्षमा कलम चलाउदै आउनु भएको थियो।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व कार्यसमिति सदस्य तथा फोनिज रुपन्देहीका पुर्व सचिव राना रेडियो जागर, बुटवलमा समाचार प्रमुख भएर कार्यरत मास्की रानाको उपचार सहयोगका लागि नेपाल पत्रकार महासंघ, रुपन्देही र नेपाल आदीवासी जनजाती पत्रकार महासंघ रुपन्देहीले आर्थिक सहयोग समेत संकलन गरेको थियो । पत्रकार रानाको उपचारका लागि महासंघबाट प्रयाप्त प्रयत्न भएपनि बचाउन नसकिएको नेपाल आदीवासी जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सोनु थापा मगरले बताउनु भयो।

नेपाल पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले स्वर्गिय रानाको उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि बचाउन नसकेको प्रति दुःख व्यक्त व्यक्त गर्नु भएको छ। २ दशकभन्दा लामो पत्रकारिता गर्दै आउनु भएका मास्की राना नेपाल पत्रकार महासंघ,लुम्बिनी प्रदेश पुर्व कमिटी सदस्य तथा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ, लुम्बिनीका कार्य समिति सदस्य रहनु भएको थियो ।

केहि वर्ष अघि मात्रै श्रीमती गुमाउनु भएका मास्की रानाका एक छोरा २ छोरी गरी तीन सन्तानका अभिभावक समेत रहनु भएका मास्की राना सरल,सादगी,पेशाप्रति बफादार र लगनशिल तथा क्रान्तीकारी पत्रकारिता क्रियाशिल हुनुहुन्थ्यो। रानाको निधनले पत्रकारिता क्षेत्रमा अपूर्णनीय क्षति पुगेको छ। मृतक रानाको श्रद्धाञ्जलीका लागि बुधबार बिहान अस्पतालमा सहभागी हुन नेपाल आदीवासी जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सोनु थापा मगरले आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी