कहिलेकाहीँ मनमा यस्तो बिचार पनि हिड्छ।
कहाँ नदि हिड्यो भन्दैमा किनार पनि हिड्छ ।
घर कस्ले लुटेको हो अझै एकिन भएको छैन,
यो बाटो लुटेरा पनि हिड्छ सरकार पनि हिड्छ।
जुनदिन देखि बच्चाले “आमा” लेख्न सिक्यो,
त्यो दिनदेखि बिद्यालय शनिबार पनि हिड्छ।
परदेशी कहिले हिड्ला भनेर दिन गन्दा गन्दै,
दशै पनि हिडिसक्यो अब तिहार पनि हिड्छ।
बस्ने भनेको हामीले छोडेको सम्झना मात्रै हो,
एकदिन म हिड्छु तिमी हिड्छौ संसार पनि हिड्छ।
नकुल पौडेल
देवदह, रुपन्देही
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0