'छाडा चौपायाबाट हुने दुर्घटना न्युनिकरणका लागि बुटवलमा युवाहरुको पहल सुरु'

३ वर्ष अगाडि

प्राय सडकहरुमा गाई वस्तु लगायतका चौपायाहरुको अवरोधका कारण विभिन्न घटनाहरुको घटिरहेका हुन्छन । अझ रातीको समय बिच सडकमा बस्ने छाडा चौपायाहरुको कारण दुर्घटना भई कतिपयले ज्यान समेत गुमाउन परेको छ । यसैलाई मध्यनजर गर्दै तिहारको तेस्रो दिन आज गाई तिहारको अवसरमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल बुटवल वडा नं. ८ ले बुटवलको सुख्खानगरका सडक तथा सार्वजनिक स्थानहरुमा रहेका छाडा गाई वस्तुलाई रिफ्लेक्टिभ बेल्ट लगाइदिने काम गरेको छ । बुटवलको रामग्राम क्षेत्रमा जंगल भएको हुँदा राजमार्ग चौराहादेखि औद्योगिक क्षेत्रसम्मको सडकमा गाईवस्तुको चाप बढि नै हुने गरेको छ ।

गाई तिहारको अवसर पारेर गाईको पुजा सँगसँगै सडकमा बेवारिसे अवस्थामा हिडडुल गरेका र सडकमा बसेका १०० वटा गाई वस्तुलाई यस प्रकारको बेल्ट लगाई दिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मेखबहादुर पुनले बताउनुभएको थियो ।

‘खास गरिकन रात्रीको समयमा गाई वस्तु सडकको बिचमा बसिदिने र स्पिडमा आएका सवारी साधनले नदेखेर सडक दुर्घटना धेरै भएको हुँदा हामीले यस्तो अभियानको सुरुवात गरेका हौं – अभियानकर्ता तथा प्रोग्रेशिभ इन्जिनियर एशोसियनका जिल्ला अध्यक्ष राजन पाण्डेले बताउनुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत