'नेपाली कांग्रेसले चुनावी घोषणापत्र भोलि सार्वजनिक हुने, भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने'

३ वर्ष अगाडि

नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

यसअघि आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार विहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

आइतबार सुदूरपश्चिम र कर्णालीमा सत्तारुढ गठबन्धनको कार्यक्रममा सहभागी हुन गएका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा फर्किन ढिलाइ भएकाले घोषणापत्र सार्वजनिक कार्यक्रम सोमबारलाई सारिएको हो ।

कांग्रेसले आइतबार साँझ भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनेको थियो । तर सभापति देउवा अनलाइन माध्यमबाट पनि जोडिने सम्भावना नभएपछि सोमबारका लागि सारिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत