'देवदह टाइम्स बुलेटिन बिमोचन'

३ वर्ष अगाडि

देवदह ।देवदह गुराँस मिडियाप्रालि द्वारा प्रकाशित मासिक बुलेटिन ‘देवदह टाइम्स’ एक कार्यक्रममा बिच बिमोचन गरिएको छ।

मंगलबार देवदह गुराँस मिडिया प्रालिले विजयादशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना सङ्गै पुस्तक बिमोचन गरेको हो।

कार्यक्रम माथी प्रकाश पार्दै संस्थाका प्रबन्ध निर्देशक निर्मल (एसपी) थापाले बुलेटिनमा बिचार,बिष्लेषणात्मक,जानकारी मुलक र जनतालाई सुसूचित गराउने खालका सामाग्री राखिने बताउनुभयो ।पहिलो अंकमा राख्नुपर्ने धेरै बिषय बस्तु छुटेको र आगामी अंकहरुमा छुटेका सामाग्रीलाई समेटिने बताउनुभयो ।साथै पुस्तकमा राखिएको सन्देश मुलक सूचना सामाग्री बाट प्राप्त रकम बाट ५ प्रतिशत रकम नौरुपा स्मृति अक्ष कोषमा राखिने समेत निर्देशक थापाले बताउनुभयो ।

बिमोचन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रेम थापा मगरले पुस्तकमा स्वास्थ्य,शिक्षा पर्यटन,साहित्य, पूर्वाधार लगायतका सामाग्री समेटिएको बताउनुभयो ।बुलेटिनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताउँदै मिडियाले निष्पक्ष र तथस्ट ढङ्गले आम जनतालाई सुसूचित गराउनु पर्ने बताउनुभयो।श्रमजीवी पत्रकारको हक हित र अधिकारको पक्ष आफू सधै रहने पनि थापाले बताउनुभयो ।

कार्यक्रममा शुभकामना तथा सुझाब राख्दै सेतोमसी मिडियाका सम्पादक बिष्णु प्रसाद पोखरेलले मिडियाले समाजमा रहेका बिषय बस्तुको यथार्थ रुपमा चित्रण गर्नुपर्ने बताउनु भयो ।मिडियाले उठाउने बिषय बस्तु राष्ट्रिय स्तर तथा नगरमा बहसको बिषय बन्न सक्ने गरि उठाउनुपर्ने पोखरेलको भनाई थियो।

कार्यक्रममा गुराँस मिडियाका सम्पादक एलबी सर्बुजा,पत्रकार मीन राना र रेशम अधिकारी लगायतले बोल्दै सुझाव तथा निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष प्रेम थापा मगरको अध्यक्षता तथा सचिव प्रीतम कुमार थापाको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो