'विप्लव पुनः महासचिव निर्वाचित'

३ वर्ष अगाडि

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा नेत्र विक्रम चन्द विप्लवलाई चयन गरेको छ ।विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ ।

अधिवेशनले ८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ।
यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने नेकपा स्रोतले बताएको छ । यस्तै महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।

प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समितिसहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ। पूर्ण केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ। महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरु चयन गर्ने बुझिएको छ। ८ दिनसम्म चलेको महाधिवेशन आज बुधबार विहान ८ वजे समापन हुने जनपत्रकार संगठनका निर्वतमान केन्द्रीय अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित