'राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको जिल्ला सचिवालय तथा विस्तारित बैठक सम्पन्न'

४ वर्ष अगाडि

रुपन्देही  // राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको जिल्ला सचिवालय तथा विस्तारित बैठक सम्पन्न भएको छ। बैठक सुख्खानगर स्थित नेकपा एमालेको पार्टी कार्यालय पुष्पलाल स्मृति भवनमा भएको थियो।

बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष सुमन पुरीले नेकपा एमालेले मात्र देशमा समृद्ध ल्याउन सक्ने हुदा एमालेका उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताएका थिए। चुनावी अभियानमा सक्रिय बन्दै पार्टीको उदेश्य अनुरुप रुपन्देहको हितका निम्ति जनवर्गीय संगठनलाई चलायमान बनाइ संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए।

सोही अवसरमा बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला सदस्य एवम् युवा इन्चार्ज नकुल शाही ठकुरीले जिल्लामा पार्टीको चुनावी अभियानलाई तीव्रता दिने गरी अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए। साथै बैठकले पार्टीसंग समन्वय गरि यहि कार्तिक ५ गते भित्र ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन क्षेत्रीय समन्वय कमिटी गठन गर्ने निर्णय समेत गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य कृष्ण कुमालले जानकारी दिनुभएको थियो।

बैठक राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष मनोज गौचनको अध्यक्षता जिल्ला सह-संयोजक विकास बस्नेतको स्वागत र जिल्ला सह- संयोजक विकास गहतराजको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी