'देवदह–११ मा किशोर–किशोरीका लागि रेडियो तालिम सम्पन्न'

३ वर्ष अगाडि

देवदह// देवदह नगरपालिकाको वडा नं ११ मा किशोर किशोरीका लगि रेडियो तालिम सम्पन्न भएको छ । किशोर किशोरीको क्षमता वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न भएको हो। हेल्लो नेपाल मिडियाको आयोजनामा र देवदह नगरपालिका वडा नं ११ को आर्थिक सहयोगमा असोज २४ देखि ३० गते ७ दिन सम्म चलेको तालिममा ३१ जना युवायुवतीको सहभागीता रहेको थियो।

तालिम समापन कार्यक्रममा देवदह नगरका नगरप्रमुख ध्रुव खरेलले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै किशोर किशोरीको क्षमता विकासमा तालिम फलदायी रहेको बताउनु भयो । उहाले आगामी दिनमा पनि यस वडाका बालबालिकाको लागि कार्यक्रम व्यवस्थापन गर्ने बताउनु भयो।

सोही कार्यक्रममा बोल्दै उप–प्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाको ११ र १२ वडाहरूमा यस्ता प्रकारका तालिम प्रभावकारी हुने बताउनु भयो । उहाले यहाँका वडावासीको सामाजिक रुपान्तरणमा नगरको तर्फबाट पहल गरिने बताउनु भयो।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ११ का अध्यक्ष दुधनाथ यादव,वडा सदस्यहरु राजकुमार केवत, संगीता मल्लाहा,मंगल प्रसाद थारु, कौशिला हरिजन,पत्रकार त्रिलोचन दाहाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

मुस्कान थारु,दीपेन्द्र थारुको संचालनमा भएको कार्यक्रम हेल्लो नेपाल मिडिया प्रा.लि.का अध्यक्ष यम रानाको अध्यक्षतामा भएको थियो । तालिममा पत्रकार मीन रानाले सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित