'प्युठान–भालुबाङ सडकखण्ड बन्द, खुलाउने प्रयास जारी'

४ वर्ष अगाडि

प्युठान । पहिरोका कारण अवरुद्ध भएको प्युठान–भालुबाङ सडकखण्ड प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ।
निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो खस्दा पूर्ण रुपमा सडक अवरुद्ध भएको हो । दर्भानदेखि जस्पुरसम्मको ३०किलोमिटर सडक क्षेत्रको बेसारपानी, खहरेखोला,मोतिपुर, सिमलचौर लगायतका थुप्रै स्थानमा पहिरोले सडकमा क्षति पुर्याउँदा आवागमन बन्द भएका छन्।

अबरुद्ध बाटोलाई बिहानैदेखि स्काभेटरको सहायताबाट खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो। उहाले भन्नुभयो,’ पहिरो पन्छाउन सवै श्रोत साधन प्रयोग गरेका छौँ, पानी परेन भने सांझ सम्म अबरुद्ध बाटो सुचारु हुने संभावना छ।’
बाटो पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । बैकल्पिक भित्री सडकहरु पहिरोको कारण ठप्प हुँदा दशैका लागि जिल्ला भित्रिएका सर्वसाधारण फर्किन सकेका छैनन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो