'ठोरीको विकासमा सबैले हातेमालो गरौँ : सहरी मन्त्री चौधरी'

४ वर्ष अगाडि

पर्सा । सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन्।पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोडका आयोजनाहरुको शिलान्यास गर्दै आइतबार मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौँ । यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौँ । यसो गर्न सकिएमा हिन्दु धर्मावलम्बीहरुको घुइचो लाग्ने छ । धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ ।’ मन्त्री चौधरीको भनाइ थियो ।
ठोरीलाई चिनाउन, ठोरीको प्रचार गर्न र विकासका आयोजनाहरु निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जननिर्वाचित प्रतिनिधिहरुले सबैलाई समेटेर नेतृत्व गर्न आग्रह समेत गरेका थिए।

ठोरी माधव ताल, पञ्चेश्वर धाम, ठोरी बजार पूर्वाधार निर्माण, विजय बस्ती सभा हाल, सरस्वती मावि भवन निर्माण, सडक विस्तार, पिच तथा ढलानलगायत दर्जनौँ आयोजनाहरुको शिलान्यास कार्यक्रममा सहरी मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सह सचिव पद्म कुमार मैनाली, ठोरी गाउँ पालिकाका अध्यक्ष लालबाबु श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, एकीकृत समाजवादी पर्साका कार्यबाहक अध्यक्ष गंगा बहादुर खड्का, मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष मनोज पटेल लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी