'रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसद्वारा छाना, खाना र नाना अभियानको सुभराम्भ'

४ वर्ष अगाडि

बुटवल // रोट्रयाक्ट क्लब बुटवल रामापिथेकसले क्लबको ड्रिम परियोजना अनुसार छाना, खाना र नाना अभियानको सुभराम्भ गरेको छ । क्लबको शनिबार बसेको ८० औ नियमित बैठकले दशै, तिहारको शुभकामनाको अवसर पारेर उक्त अभियानको सुभारम्म गरेको हो ।

लाउन नपाएका, खाना नपाएका घरबार नभएका गरिब दुखी,अनाथ असायका लागि केही सहयोग होस् भन्ने उद्देश्यले अभियान सन्चालन गरिएको क्लबका अध्यक्ष बिष्णु घिमिरेले बताए ।समाज रुपान्तरको निम्ती रोट्रयाक्ट अभियानबाट छाना, नाना र खाना अभियानको सुभराम्भ गरिएको अध्यक्ष घिमिरेले बताए।

अभियानममा सहयोग गर्न क्लबका पूर्व अध्यक्षहरु, रोटरी क्लबका अध्यक्ष तथा पूर्व अध्यक्षहरु रोटयाक्ट डिष्ट्रीक रोटरी डिष्ट्रका मेम्बरहरु बिभिन संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई आग्रह गरिएको छ।

कार्यक्रममा बोल्दै अतिथि रोटरी क्लब अफ बुटबल डाउनटाउनका पूर्व अध्यक्ष तथा रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसका चिफ एडभाइजर राजेन्द्र ढकालले रोटरीको इतिहांसमा नयां योजनाको सुरुवात रोटयाक्ट क्लब बुटबल रामापिथेकसले गरेको बताए।

खाना नाना र छाना अभियान क्लबले ड्रिम योजनाको रुपमा अगाडी बढाउनका लागि साथ सहयोग पुराउने प्रतिवद्वता जनाएका छन्। कार्यक्रममा क्लबका पूर्व, अध्यक्ष दिपक चापाई, सुचना भण्डारी र निरज आचार्य लगायतले मन्तब्य राखेका थिए। कार्यक्रम क्लबका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षता र सचिब सिद्धार्थ आचार्यको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी