'कामना सेवा विकास बैंक र खैरेनि पोलिक्लिनीक बिच सम्झौता'

४ वर्ष अगाडि

देवदह //कामना सेवा विकास बैंक र देवदह स्थित खैरेनि पोलिक्लिनीक बिचमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका तर्फबाट रिजनल हेड मोहन दत्त खनाल र खैरेनि पोलिक्लिनीकका तर्फबाट अध्यक्ष दिपक क्षेत्रीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

सम्झौता अनुसार कामना सेवा विकास बैकंका ग्राहकले खैरेनि पोलिक्लिनीक बाट स्वास्थ सेवा लिदा भारी छुट प्राप्त गर्नेछन्। जसमा ग्राहकहरुले बिभिन्न स्वास्थ सेवा लिए बापत पोलि क्लिनिक प्रालिद्धारा सञ्चालित डिजिटल एक्स–रे, भिडियो एक्स–रे, शल्यक्रिया आदि सेवामा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । त्यस्तै ओ.पि.डि टिकट, ईमर्जेन्सी टिकटमा २० प्रतिशत, र ल्याब परीक्षणमा २० प्रतिशत साथै औषधीमा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको क्लिनिकका अध्यक्ष दिपक क्षेत्रीले बताउनु भएको छ । सम्झौता अनुसार ग्राहकहरुले खाता खोलेकै भरमा यो छुट सुबिधा पाउने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत